सिलगढी नगर निगमद्वारा बंगाली नयाँ वर्ष सहरमा मनाइने, वर्ष 1429 लाई  स्वागत गर्न शहरमा 1429 वटा रूखका विरूवा लगाइने

सिलगढी: सिलगढी नगर निगमले बंगाली नयाँ वर्ष 1429 लाई स्वागत जनाउँदै शहर भरिमा मोठ 1429 वटा रूखका विरूवाहरू लगाइने भएको छ। सिलगढी नगर निगमका मेयर गौतम देवले आज  पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्।  तिनले बताए अनुसारराज्य सरकार बंगालको संस्कृतिलाई पुनर्जीवित गर्न इच्छुक छ। यसैले गर्दा यसपल्ट पहिलो वैशाख अर्थात नयाँ वर्षको दिन विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ। नयाँ वर्षको उत्सवमा सिलगढीमा शोभायात्रा अनि चित्राङ्कन प्रतियोगिता सहित विभिन्न कार्यक्रमहरूको आयोजना गरिने छ।  यसको साथै वर्ष 1429 लाई स्वागत जनाउन सिलगढी शहरको विभिन्न स्थानमा 1429 वटा रूखका विरूवाहरू लगाइने छ। गौतम देवले भने, नयाँ वर्षको महोत्सवमा सबै जाति अनि धर्मका मानिसहरूलाई सामेल गरिनेछ। समारोहको शुरुआत शुक्रवार बिहान सूर्य नमस्कारको साथमा शुरू गरिने छ। यसपछि  बाघाजतिन पार्कबाट रंगारंग शोभायात्रा निकालेर सहरको परिक्रमा गरेपछि अन्तमा सूर्यसेन पार्क पुगेर समाप्त हुनेछ। यस अवधि त्यहाँ विभिन्न कार्यक्रम आयोजना गरिने छ। यसवाहेक, नानीहरूले बनाएको चित्रहरूलाई निमन्त्रण पत्रको रूपमा प्रयोग गरिनेछ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *