सिलगढी नगरनिगमद्वारा भत्काइदियो नर्सिङहोममा अवैध निर्माण

सिलगढी : नर्सिङ होममा अवैध निर्माण भइरहेकोले आज सिलगढी नगरनिगमले उक्त अवैध निर्माण भत्काइदिएको छ। सिलगढी नगरनिगमबाट कुनै अनुमति अथवा प्लान पास नगरिकन सिलगढीको पाकुरतला मोड नजिक एउटा नर्सिङहोममा अवैध रूपमा घर तथा टिनको शेड बनाइरहेको थियो। यसबारे जानकारी पाएपछि नगरनिगमले धेरै दिन अघिदेखि छानबीन गरिरहेको थियो भने नर्सिङ होम कर्तृपक्षलाई नोटिस समेत दिएको थियो। यसपछि हाईकोर्टमा यसबारे मामिला चलिरहेको थियो भने हाईकोर्टले उक्त अवैध निर्माण भत्काउने निर्देश दिएको थियो। यहीँ निर्देश अनुसार आज नगरनिगम र पुलिस उक्त नर्सिङ होममा गएर अवैध निर्माण भत्काइदिएको बताइएको छ। नगरनिगमका एक्जुकेटिभ इञ्जिनियर ए ब्यानर्जीले बताएअनुसार अवैध निर्माण गरिरहेकोले आज अदालतको निर्देश अनुसार उक्त अवैध निर्माण भत्काइदिएको हो। उक्त नर्सिङहोमका कर्तृपक्षको तर्फबाट डा. जीबी दासले भने, रोगीको आफन्तहरूलाई बस्नको लागि एउटा रूम बनाइरहेको थियो। यसबारे सिलगढी नगरनिगमलाई अवगत गराए तापनि आज उक्त निर्माण भत्काइ दिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *