सिलगढी नगरनिगमद्वारा दिव्याङ्ग व्यक्तिलाई ट्राई साइकल प्रदान

सिलगढी : सिलगढी नगरनिगमका प्रशासक गौतम तेवले आज दिव्याङ्ग व्यक्तिलाई ट्राई साइकल प्रदान गरे। सिलगढी नगरनिगमको 1 नम्बर वार्डको राजेन्द्रनगर निवासी दिव्याङ्ग उमेश गुप्तालाई आज प्रशासक गौतम देवले ट्राई साइकल प्रदान गरे। तिनीसित प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार पनि उपस्थित थिए। यस अवसरमा रञ्जन सरकारले बताएअनुसार उक्त दिव्याङ्ग व्यक्तिले आवेदन गरे अनुसार आज नगरनिगमको तर्फबाट ट्राई साइकल प्रदान गरिएको हो। यदि ट्राई साइकलको आवश्यक परेका गरिब दिव्याङ्गहरूले नगरनिगमलाई आवदेन गरे आफूहरूद्वारा हर सम्भव सहयोग गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *