सिलगढी नगरनिगमद्वारा रवीन्द्रनाथ टेगोरको 80औँ पुण्यतिथि पालन

सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट आज विश्व कवि रवीन्द्रनाथ टेगोरको 80औँ पुण्यतिथि मनाइयो। सिलगढीको बाघाजतीन पार्कस्थित रवीन्द्र मञ्चमा आज एउटा सांस्कृतिक कार्यक्रमको माध्यमद्वारा रवीन्द्रनाथ टेगोरको 80औँ पुण्यतिथि पालन गरियो। सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देव, प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार र विवेक वैदले रवीन्द्रनाथ टेगोरको सालिगमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा गौतम देवले आफूहरूद्वारा पीडब्ल्युडी विभागबाट महात्मा गाँधी मोड़ (एयरभ्यू मोड़)-को ठाउँ मागेको छ जहाँ रवीन्द्रनाथको सालिग स्थापित गरिनेछ। उक्त सालिग राज्यको सर्वश्रेष्ठ सालिगहरूमध्ये एउटा हुनेछ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.