सिलगढी नगरनिगमको अन्तिम मासिक अधिवेशन

सिलगढी : सिलगढी नगरनिगमको आज अन्तिम मासिक बैठक सम्पन्न भयो। विगत 2015-मा भएको चुनाउमा वामफ्रन्ट बहुमतमा आएपछि सिलगढी नगरनिगम गठन गरिएको थियो। यसपछि  हालसम्मको समयमा विभिन्न तर्क-वितर्कको साथमा नगरनिगमको मासिक बैठक सम्पन्न हुँदै आइरहे तापनि आजको अन्तिम नगरनिगमको बैठक सौहार्दपूर्ण रूपमा सम्पन्न भयो। बैठकमा कुनै प्रकारको राजनैतिक दबाउ तथा तर्क-विर्तक नभएको बताइएको छ। लगभग दुई घण्टासम्म बैठक चलेपछि नगरनिगमको तर्फबाट सबै पार्षद्लाई स्मारक पत्र प्रदान गर्नको साथै सत्तारूढ अनि विरोधी दलका सबै सदस्यहरूले आजको अन्तिम बैठकपछि एकत्रित भएर फोटो पनि खिँचे।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *