सिलगढी नगरनिगमको नागरिक सभा सम्पन्न

सिलगढी : सिलगढी नगरनिगमको पहलमा आज दीनबन्धु मञ्चमा नागरिक सभा सम्पन्न भयो। उक्त सभामा विधायक तथा मेयर अशोक भट्टाचार्य, मतिगढा नक्सलबारी विधायक शङ्कर मालाकार, कांग्रेस विधायक सुनील तिर्की, सिलगढी महकुमा परिषद्का सभाधिपति तापस सरकारलगायत नगरनिगमको मेयर परिषद्का काउन्सिलरहरू उपस्थित थिए। गत 2015-मा सिलगढी नगरनिगमको क्षमतामा आफूहरू आएदेखि नै राज्य सरकारको तर्फबाट आर्थिक रूपमा अवहेलित हुँदै आइरहेको वामफ्रन्टको भनाइ रहेको छ। सिलगढी नगरनिगमले गत 5 वर्षदेखि सहरको विकासको लागि के-के कार्य गरे साथै आउँदो दिनहरूको लागि के-के परियोजना ग्रहण गरेको छ भन्नेबारे एउटा पुस्तक प्रकाशित गरेर जनसमक्ष प्रस्तुत गरेको छ। यस अवसरमा मेयर अशोक भट्टाचार्यले आफूहरू चुनाउको अधिक प्रचारमा होइन तर कार्यमा विश्वास राख्ने बताउँदै प्रचारभन्दा पनि कार्यमा अधिक जोड दिइरहेको बताए। आउँदो निगरनिगमको चुनाउमा मानिसहरूले आफूहरूलाई फेरि विजयी बनाएको खण्डमा चौतर्फी  विकासको कार्य गरिरहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *