सिलगढी नगरनिगमको 4 वटा वार्ड कन्टेन्टमेन्ट जोन घोषित

सिलगढी : सिलगढी नगरनिगमको 4 वटा वार्ड क्रमैले 15, 17, 2 र 29-को विभिन्न ठाउँलाई फेरि कन्टेन्टमेन्ट जोन घोषणा गरेको छ। यी सबै वार्डहरूमा कोरोना संक्रमितहरूको सङ्ख्या बढिरहेकोले गर्दा उक्त वार्डहरूलाई कन्टेन्टमेन्ट जोन घोषणा गर्नको साथै प्रशासनको तर्फबाट 7 दिनको लकडाउनको घोषणा गरेको छ। यसको साथै उक्त वार्डहरूमा बाँसको ब्यारिकेट पनि लगाइएको छ। स्मरण रहोस्, यसभन्दा अघि पनि सिलगढी नगरनिगमको विभिन्न वार्डहरूलाई कन्टेन्टमेन्ट जोन घोषित गरेको थियो। कन्टेन्टमेन्ट जोनहरूमा जरूरी परिसेवाबाहेक अन्य सबै दोकानहरू बन्द राखिने साथै जरूरी परिसेवामा युक्त कर्मीहरूलाई मात्र कामको लागि बाहिर निस्कने अनुमति दिने बताइएको छ। उक्त वार्डहरूमा 7 दिनसम्म पुलिसको कडा नजरदारी रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *