सिलगढी नगर निगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देवद्वारा घाटा बजट पेश

सिलगढी: नगर निगममा आज सिलगढी नगर निगमका प्रशासक मण्डलीका चेयरम्यान गौतम देवले वित्तीय वर्ष 2021-22 को लागि साढ़े 4 करोड़ रुपियाँको घाटा बजट पेश गरे। तिनले प्रशासक मण्डलीका सदस्यहरू अनि नगर अधिकारीहरूको उपस्थितिमा घाटा बजट पेश गरे। यस अवधि विपक्षी दल नभएको कारण बजट सर्वसम्मतिद्वारा पारित गरियो। यस सम्बन्धमा गौतम देवले भने, बजटमा ट्याक्स कलेक्सन, गरिबहरूको सेवा, शहरको विकास साथै पेयजल माथि विशेष ध्यान दिइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *