सिलगढी नगरनिगमको 42 नम्बर वार्डबाट नेपाली तृणमूल प्रार्थी शोभा सुब्बा विजय

सिलगढी : सिलगढी नगरनिगमको 42 नम्बर वार्डबाट तृणमूल प्रार्थी शोभा सुब्बाले आफ्नो निकटतम प्रतिद्वन्द्वी माकपा प्रार्थी सुनिता घिसिङलाई पराजित गरिन्। विभिन्न पार्टीका 4 जना नेपाली/गोर्खा महिला प्रार्थीहरूमाझमा भएको प्रतिस्पर्धामा चुनाउ जितेर 42 नम्बर वार्डमा काउन्सिलर बन्ने पहिलो नेपाली भाषी महिला बन्न पुगेकी थिइन्। तिनको यस विजयमा गत 6 महिना अघि मात्र माकपा छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएपछि छोटो समयमा नै आफ्नो अनुभवलाई प्रयोग गरेर कठोर परिश्रमबीच तृणमूल प्रार्थी शोभा सुब्बालाई जिताउन यसै वार्डका तृणमूल नेता राजेश छेत्री सफल भएका छन्। तिनले आफ्नो वार्डमा माकपाका सबैजसो नेतृत्वहरूलाई एकपछि अर्को गर्दै तृणमूल कङ्ग्रेसमा सामेल गराएर यस नगरनिगम चुनाउमा तिनीहरूको समर्थन बटुल्न सफल भएका छन्। यसको साथै तृणमूल कङ्ग्रेसको दार्जिलिङ जिल्ला अध्यक्ष पापिया घोष अनि पूर्व मन्त्री गौतम देवले राजेश छेत्रीमाथि पूर्ण भरोसा गर्दै तिनकै नेतृत्वमा प्रार्थी खडा गर्ने दिएको आदेशलाई राजेश छेत्रीले सफलीभूत पार्न सफल भएका छन्। स्मरण रहोस्, 42 नम्बर वार्डको आसन अनुसूचित जनजाति महिला आरक्षित रहेको थियो भने यहाँबाट 4 जना अनुसूचित जनजातिका नेपाली/गोर्खे महिलाहरू चुनाउ मैदानमा खडा भएका थिए। सिलगढी नगरनिगममा तृणमूल कङ्ग्रेसले जितेर बोर्ड गठन गर्ने निश्चित भएकोले गर्दा सिलगढी सहर लगायत 42 नम्बर वार्डमा पनि अब विकासको मूल फुट्ने छ भन्ने यस वार्डका वासिन्दाहरूले आशा तथा विश्वास गरेका छन्। स्थानीय मानिसहरूले शोभा सुब्बाको जीतपछि अब डबल इञ्जिनको सरकारले 42 नम्बर वार्डसहित सिलगढीको सर्वाङ्गीण विकास गर्नेछ भन्ने प्रतिक्रिया व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes