सिलगढी नगरनिगमको 80 वटा वाहनमा लगाइयो जीपीएस

सिलगढी : सिलगढी नगरनिगममा प्रयोग गरिने 80 वटा वाहनमा जीपीएस लगाइएको छ। वामपन्थीको समयमा सिलगढी नगरनिगममा प्रयोग गरिने वाहनहरूबाट तेल चोरी गरेको आरोप अघि आएकोले गर्दा यसको समाधान गर्नको लागि केही पहल गर्ने सोँच लिए तापनि सो अझसम्म पुरा गरिएको छैन। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले बताएअनुसार यसपल्ट यस प्रकारको गैर कानुनी कार्य सहन गरिने छैन। नगरनिगमको 80 वटा वाहनमा जीपीएस लगाइएको छ। यसको सहयोगले नगरनिगमका वाहनहरूलाई ट्र्याक गरिनेछ। उक्त पहलले गर्दा सिलगढी नगरनिगमको लागतमा पनि अंकुश लगाउन सकिनेछ भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *