सिलगढी नगरनिगमको बोर्डविरुद्ध सीपीआईएम-को नगरनिगम अभियान, आन्दोलनकारीहरूको पुलिससित हातापाई

सिलगढी : सिलगढी नगरनिगमको वर्तमान बोर्डविरुद्ध विविध अभियोग लगाउँदै आज दार्जिलिङ जिल्ला सीपीआईएम-ले नगरनिगम अभियान चलायो। आन्दोलनकारीहरूले आज नगरनिगम कार्यालयको मुख्य गेट भत्काएर भित्र प्रवेश गरे भने आन्दोलनकारीहरूको पुलिससित हातापाई समेत भएको बताइएको छ। पूर्व मेयर तथा वामफ्रन्टका शीर्ष नेता अशोक भट्टाचार्य तथा वामफ्रन्टका संयोजक जीवेश सरकारको नेतृत्वमा वामफ्रन्टले आज नगरनिगम अभियान चलायो। सिलगढीको एयरभ्यू मोडदेखि एउटा र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि नगरनिगम कार्यालय पुग्यो। तथापि, त्यहाँ ब्यारिकेट लगाएर पुलिसले र्‍यालीलाई रोकिदिँदा सीपीआईएम-का कार्यकर्ता तथा समर्थकहरूको पुलिससित हातापाई भएको बताइएको छ। यस अवधि आन्दोलनकारीहरूले पुलिसको ब्यारिकेट तथा नगरनिगमको मुख्य गेट भत्काएर भित्र प्रवेश गरेपछि केही समयसम्म नगरनिगम अघि विक्षोभ प्रदर्शन गरे।

यसपछि शीर्ष नेतृत्वहरूको हस्तक्षेपमा परिस्थिति स्वाभाविक भयो। जिल्ला वामफ्रन्ट संयोजक जीवेश सरकारले भने, तृणमूल कङ्ग्रेसले चुनाउ अघि विविध वाचाहरू गरेको थियो। तर बोर्ड गठन गरेपछि नगरनिगममा कुनै कार्य गरेको छैन। सहरवासीहरूले अहिले पनि पिउने पानीको समस्या भोगिरहेका छन्। तृणमूलले विकासको कुरा गरे तापनि हालसम्म कुनै प्रकारको विकासमूलक कार्य गरेको छैन। साधारण मानिसहरूको समस्या अवगत गराउनको लागि आज आफूहरूले नगरनिगम अभियान चलाएर नगरनिगम कार्यालय पुगे तापनि कार्यालयको गेट बन्द गरिदियो। यसैले आज साधारण मानिसहरूको लागि बनाइएको उक्त गेट भत्काएर कार्यालयभित्र प्रवेश गरेको तिनले बताए। अर्कोतिर, वामफ्रन्टको उक्त आन्दोलनबारे मेयर गौतम देवले भने, वाम शासनकालनमा धेरैवटा कार्यहरू थाँतीमा रहेकोले गर्दा नयाँ बोर्डले हाल ती कार्यहरू पुरा गरिरहेको छ। वामकालमा नियुक्त गरिएका कर्मचारीहरू कसैलाई पनि निकालेको छैन सबैले वेतन पाइरहेका छन्। नयाँ बोर्डले एकपछि अर्को गर्दै कार्यहरू गरिरहेको मेयर देवले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes