सिलगढी नगरनिगमको चुनाउ परिणामको प्रभाव दार्जिलिङ नगरपालिका चुनाउमा पनि पर्नेछ: एलबी राई

मिरिक: सिलगढी नगरनिगम चुनाउमा टीएमसी-का उम्मेदवारहरू 37 वटा वार्डमा अधिक मतले बिजय बनेपछि हिल टीएमसी-मा पनि खुशीको माहौल देखिएको छ। हिल टीएमसी दार्जिलिङ-कालेबुङ जिल्ला कमिटी चेयरम्यान एलबी राईले मिरिकमा पत्रकारहरुसित कुराकानी गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको बिकासमुखी कार्य एवम् दूरदर्शिताको फलस्वरूप नै सिलगढीवासीले मतदान गरेर टीएमसी उम्मेदवारहरुले जीत हासिल गर्न सकेको दावी गरे। तिनले यस चुनावी परिणामको प्रभाव यता दार्जिलिङ नगरपालिका चुनाउमा पनि पर्ने बताउँदै दार्जिलिङ नगरपालिका चुनाउमा टीएमसी-को 10 जना उम्मेदवारले नै जीत हासिल गर्ने तथा टीएमसीले नै बोर्ड गठन गर्ने विश्वास व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *