सिलगढी नगर निगमको चुनाउमा जित्ने तृणमूल प्रार्थीहरूलाई हिल टीएमसी चेयरम्यान एलबी राईद्वारा बधाई

मिरिक: सिलगढी नगर निगमको चुनाउमा तृणमूल कङ्ग्रेसले रेकर्ड जीत हासिल गरेपछि हिल टीएमसी चेयरम्यान एलबी राईले सम्पूर्ण पार्षदगणलाई बधाई दिएका छन्। तिनले अब सिलगढी नगर निगमको द्रुत गतिमा विकास हुने ठोकुवा गरेका छन्। तिनले सिलगढी नगरमा भएको उक्त विजयलाई पार्टी प्रमुख ममता ब्यानर्जीको कुशल नेतृत्वको ज्वलन्त उदाहरण हो भनी बताए। यसको साथै मुख्यमन्त्री ममता ब्यानर्जीले नगर निगमको नयाँ मेयरको रूपमा गौतम देवको नाम घोषणा गरेकोमा पनि हर्ष प्रकट गर्दै गौतम देव पूर्व पर्यटन मन्त्री समेत रहिसकेका छन् भने तिनको नेतृत्वमा सिलगढीको सबै नगर व्यवस्थित हुने कुरोमा आफू विश्वस्त रहेको तिनले बताए। तिनले सिलगढी नगर निगम चुनाउको परिणामले पहाडमा धेरै प्रभाव पार्ने बताउँदै अब पहाडमा तृणमूल कङ्ग्रेस वाहेक अर्को कुनै विकल्प नरहेको बताए। पहाडका जनसाधारणले भाजपाको नीति पनि हेरिसकेको र क्षेत्रीय राजनीतिक दलहरूले पनि कार्य गर्न नसक्ने ठोकुवा गर्दै एलबी राईले पहाडको सबै नगरपालिकामा तृणमूल कङ्ग्रेसले बोर्ड गठन गर्ने दावी गरे। स्मरण रहोस्, सिलगढी नगरनिगम चुनाउको आज भएको मतगणनाअनुसार यहाँको मोठ 47 वटा वार्डमध्ये 37 वटा वार्डमा तृणमूल कङ्ग्रेसका प्रार्थीहरू विजयी बनेका छन् भने यसबाहेक भाजपाका 5 जना, माकपाका 4 जना र एकजना कङ्ग्रेस प्रार्थीले जितेका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes