सिलगढी नगरनिगमको चुनाउ शान्तिपूर्ण तथा निष्पक्ष भयो भने भाजपाको जीत निश्चित छ: सुकान्त मजुमदार

सिलगढी भाजपाका प्रदेश अध्यक्ष सुकान्त मजुमदार तथा भाजपाका राष्ट्रिय उपाध्यक्ष दिलीप घोषले आज सिलगढीको भारतीय जनता पार्टीको जिल्ला कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरे। यस अवसरमा सुकान्त मजुमदारलाई फुलको माला तथा खदा लगाईदिँदै स्वागत जनाइयो भने सिलगढीका भाजपा विधायक शंकर घोषले दिलीप घोषलाई संवर्द्धना जनाए।  पत्रकार सम्मेलनमा सिलगढी नगरनिगमको चुनाउबारे कुराकानी गर्दै सुकान्त मजुमदारले सिलगढीको सबै क्षेत्र, सबै विधायक भाजपाको हातमा रहेको बताउँदै सिलगढी नगरनिगमका सबै मानिसहरू भाजपाको साथमा रहेको दावी गरे। यदि सिलगढी नगरनिगममा शान्तिपूर्ण तथा निष्पक्ष मतदान भएको खण्डमा नगरनिगममा भाजपाको विजय निश्चित रहेको तिनले बताए। अर्कोतिर, भाजपाका राष्ट्रिय उपाध्यक्ष दिलीप घोषले मुख्यमन्त्री ममता ब्यानर्जीको गोवा भ्रमणमाथि कटाक्ष कस्दै ममता ब्यानर्जीले गोवामा पाइला टेक्दा भुइँचालो आउन बताए। गोवामा अहिले कङ्ग्रेसको कुनै अस्तित्व नरहेकोले केही नेताहरूको भविष्य अन्धकार भएकोले गर्दा तिनीहरू जहाँ आश्रय पाउँछ त्यतै जाँदैछन् भनी घोषले बताए। स्मरण रहोस्, तृणमूल कङ्ग्रेसले गत वर्ष पनि गोवामा चुनाउ लडेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *