सिलगढी नगरनिगमको मासिक अधिवेशन सम्पन्न

सिलगढी : सिलगढी नगरनिगममा आज यस वर्षको अन्तिम मासिक अधिवेशन सम्पन्न भयो। अधिवेशनको शुरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको आमा हिराबेन मोदी र फुटबल किंवदन्ती पेलेको निधनमा शोक व्यक्त गर्दै मौन धारण गरियो। यसपछि मासिक अधिवेश शुरू भयो। उक्त अधिवेशनमा सहरमा पिउने पानीको समस्या, ट्राफिक समस्याबारे विरोधी दलहरूले आवाज उठाए। यसको साथै सीपीएम काउन्सिलर मौसुमी हाजराले पनि सहरमा ट्राफिक समस्याको कुरा उठाइन्। पिउने पानीको समस्याको लागि मेयर गौतम देवले सहरवासीसित क्षमा माग्दै चाँडै नै उक्त समस्याको समाधान गरिदिने आश्वासन दिए। यसको साथै सिलगढी सहरलाई जाम मुक्त गराउन विविध योजनाहरू ग्रहण गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *