सिलगढी नगरनिगमको नयाँ भवनको राखियो आधारशिला

सिलगढी: सिलगढी नगरनिगमको नयाँ भवनको आज नगरनिगमका प्रशासक चेयरम्यान अशोक भट्टाचार्यले आधारशिला राखे। लगभग 2 करोड़ रुपियाँको लागतमा उक्त नयाँ भवनको निर्माण कार्य शुरू गरिने छ। अशोक भट्टाचार्यले नगरनिगमको परिसेवा बढ़िरहेको साथै कर्मचारीहरूको सङ्ख्या पनि बढिरहेको कुरालाई ध्यानमा राखेर नयाँ भवनको अति आवश्यक परेको बताए। राज्य सरकारले रूपियाँ दिएर पनि फेरि फिर्ता लिएकोले गर्दा नै हाल यस भवनको निर्माण कार्य लोन लिएर शुरू गरिएको तिनले जानकारी गराए। नगरनिगमको यस नयाँ भवनसहित ई-सेवा केन्द्र र एउटा डिजास्टर म्यानेजमेन्ट केन्द्रको पनि निर्माण कार्य शुरू गरिएको तिनले बताए। आगामी 9 महिनाको अवधिमा यस नयाँ भवनको कार्य पूरा गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *