सिलगढी नगरनिगमको पहलमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस पालन

सिलगढी : सिलगढी नगरनिगमको पहलमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस पालन गरियो। सिलगढीका विधायक तथा नगरनिगमका प्रशासक अशोक भट्टाचार्य, जीवेश सरकार लगायत विभिन्न वार्डका को-अर्डिनेटरहरूले सिलगढीको बाघाजतीन पार्क मैदानस्थित शहीद वेदीमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गर्दै मातृभाषा दिवस पालन गरे। भारत र पाकिस्तानको विभाजनपछि 1948-मा पाकिस्तान सरकारले उर्दू भाषालाई राष्ट्रभाषाको रूपमा मान्यता दिइयो। यस अवधि पूर्वी पाकिस्तान (हाल बङ्ग्लादेश)-मा उक्त फसेलाको तीव्र विरोध गरियो। 21 फरवरी 1952-मा ढाका युनिभर्सिटीका छात्रहरू लगायत अन्य सामाजिक कार्यकर्ताहरूले यसको विरोधमा प्रदर्शन गर्दा पुलिसले तिनीहरूमाथि गोली चलाउँदा 4 जना छात्र शहीद भएका थिए।


29 फरवरी 1956-मा बङ्ग्ला भाषालाई पाकिस्तानमा आधिकारिक भाषाको मान्यता प्राप्त भयो। 1952-को भाषा आन्दोलन अवधि शहीद बनेका छात्रहरूको स्मरणमा युनेस्कोले 1999-मा आजको दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस घोषित गर्यो। पहिलोपल्ट 21 फरवरी 2000-मा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रूपमा पालन गरियो। विश्वभरि झैँ राज्यमा पनि भाषा शहीदहरूलाई आजकै दिन श्रद्धाञ्जलि अर्पण गर्ने गरिन्छ। यसै क्रममा आज सिलगढीमा पनि नगरनिगमको तर्फबाट शहीद वेदीमा माल्यार्पण गरेर मातृभाषा दिवस पालन गर्दै विविध कार्यक्रमको आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *