सिलगढी नगरनिगमको पहलमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गरिने

सिलगढी : सिलगढी सहरमा अझै एउटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने सिलगढी नगरनिगमको वर्तमान प्रशासनिक बोर्डले पहल गरेको छ। सिलगढी सेभोक रोड इलाकाको पायल सिनेमा हल संलग्न नगरनिगमको खाली जमिनको आज प्रशासक गौतम देवले निरीक्षण गरे। यस अवसरमा तिनले यहाँ केही एकर जमिन रहेको छ भने यसमध्ये 4 एकर जमिनमा अवैध दखल गरिएको छ। उक्त जमिनलाई दखल मुक्त गरेर त्यहाँ प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गरिने तिनले बताए


Leave a Reply

Your email address will not be published. Required fields are marked *