सिलगढी नगरनिगमको पहलमा रक्तदान शिविरको आयोजना

सिलगढी : सिलगढी नगरनिगमको पहलमा एवम् उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको सहयोगितामा आज रक्तदान शिविरको आयोजना गरियो। सिलगढीको बाघाजतीन पार्कमा आयोजित उक्त रक्तदान शिविरमा सिलगढी नगरनिगमका कर्मचारी तथा अधिकारीहरूले रक्तदान गरे। उक्त शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइनेछ। शिविरमा सिलगढी नगरनिगमका प्रशासक गौतम देव लगायत अन्य अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *