सिलगढी नगरनिगमको तर्फबाट रवीन्द्रनाथ टेगोरको 161औँ जन्मजयन्ती पालन

सिलगढी : कविगुरू रवीन्द्रनाथ टेगोरको 161औँ जन्मजयन्ती आज सिलगढीको बाघाजतीन पार्कमा विभिन्न कार्यक्रमहरूको साथमा पालन गरियो। सिलगढीका डेपुटी मेयर रञ्जन सरकार, नगरनिगमका कमिश्नर सोनाम वाङ्दी भुटिया नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, मेयर परिषद लगायत वार्डका काउन्सिलरहरूले रवीन्द्रनाथ टेगोरको सालिगमा माल्यार्पण गरेर तिनलाई श्रद्धा सुमन अर्पण गरे। यसको साथै सिलगढीको विभिन्न संगठनको तर्फबाट कवि गुरूको सालिगमा फुलमाला चढाएर श्रद्धा सुमन अर्पण गरियो। यसबाहेक सिलगढीका विधायक शङ्कर घोष एवम् भारतीय जनता पार्टीका कार्यकर्ता तथा समर्थकहरूले रवीन्द्रनाथ टेगोरको सालिगमा फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे।


यस अवसरमा डेपुटी मेयर रञ्जन सरकारले भने, कवि गुरू रवीन्द्रनाथ टेगोरको जन्मदिन प्रत्येक वर्ष निक्कै हर्षोल्लासको साथमा पालन गर्ने गरे तापनि यस वर्ष नृत्य, कवि गुरूको जीवनी तथा तिनले पुर्‍याएको योगदानबारे चर्चा गर्दै जन्मदिन पालन गरिरहेको छ। अर्कोतिर, सिलगढीका विधायक शङ्कर घोषले रवीन्द्रनाथ टेगोरको जन्मदिनको सिलगढीवासीलाई तिनले शुभकामना दिए। बङ्गाली समुदायका मानिसहरूले कवि गुरूको पथलाई अनुसरण गरेर अघि बढिरहेका छन्।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *