सिलगढी नगरनिगमको तर्फबाट भारत छोडो आन्दोलन दिवस पालन

सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट आज 81औँ भारत छोडो आन्दोलन दिवस पालन गरियो। मेयर गौतम देव तथा अन्य अधिकारीहरूले आज सिलगढी थाना संलग्न इलाकामा सहिद वेदीमा फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। यसको साथै राष्ट्रिय झण्डा पनि उत्तोलन गरियो। यस अवसरमा मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, कमिश्नर सोनम वाङ्ग्दी भुटिया लगायत अन्य काउन्सिलरहरू उपस्थित थिए। मेयर गौतम देवले भने, धेरै समयदेखि सहिद वेदीमा सटीक रूपमा रुखका विरुवाहरू लगाइएको छैन। यसपल्ट सहिदहरूलाई पूर्ण सम्मान जनाउनको लागि सहिद वेदीलाई राम्रो प्रकारले सजाइने तिनले बताए। स्मरण रहोस्, 8 अगस्त 1942 सालमा महात्मा गाँधीले 'भारत छोड़ो आन्दोलन'-को आह्वान गरेका थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.