सिलगढी नगरनिगमको तर्फबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पताललाई शव बोक्ने वाहन प्रदान

सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पताललाई एउटा शव बोक्ने वाहन प्रदान गरियो। मेयर गौतम देवले आज नगरनिगमबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल कर्तृपक्षको हातमा वाहनको चाबी सुम्पिदिए। स्मरण रहोस्, उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालबाट मरेको शिशुलाई ब्यागमा लिएर बाबु कालियागञ्जस्थित घर फर्केका थिए। उक्त घटनापछि मेयर गौतम देवले सिलगढी नगरनिगमको तर्फबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पताललाई एउटा शव बोक्ने वाहन दिने वाचा गरेका थिए। त्यहीँ वाचा अनुसार तिनले आज मेडिकल कर्तृपक्षलाई शव बोक्ने वाहन प्रदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *