सिलगढी नगरनिगमको तर्फबाट बाढ पीडितहरूलाई राहत सामग्री वितरण

सिलगढी : सिक्किममा प्राकृतिक आपदाले गर्दा धेरैजना मानिसहरू प्रभावित भएका छन्। टिस्टा नदीको बाढले धेरैवटा घर, दोकान, ग्यारेजहरू बगाएर लगेपछि हाल त्यहाँका मानिसहरू राहत शिविरमा आश्रय लिइरहेका छन्। सिलगढी नगरनिगम ती मानिसहरूको सहयोगको लागि अघि आएको छ। आज सिलगढी नगरनिगमको तर्फबाट हाल राहत शिविरमा बसोबासो गर्दै आइरहेका बाढ प्रभावित मानिसहरूलाई राहत सामग्री वितरण गरियो। मेयर गौतम देवले बाढ पीडितहरूलाई खाद्य सामग्री लगायत औषधीहरू वितरण गरे। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, कमिश्नर सोनम वाङ्ग्दी भुटिया, मेयर परिषद् एवम् बोरो चेयरपर्सन लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *