सिलगढी नगरनिगमको तर्फबाट रवीन्द्रनाथ टेगोरको पुण्यतिथि पालन

सिलगढी : विश्वकवि रवीन्द्रनाथ टेगोरको 81औँ पुण्यतिथि आज पालन गरियो। सिलगढी नगरनिगमको तर्फबाट आज बाघाजतीन पार्कमा रवीन्द्रनाथ टेगोरको पुण्यतिथि मनाइयो। सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद, पार्षदहरू लगायत अन्य मानिसहरूले रवीन्द्रनाथ टेगोरको सालिगमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। सहरको विभिन्न संगठनहरूले विभिन्न कार्यक्रमको माध्यमद्वारा कवि रवीन्द्रनाथ टेगोरको पुण्यतिथि मनाइयो। यसको साथै सिलगढीका विधायक शंकर घोषले पनि बाघाजतिन पार्कमा कवि रवीन्द्रनाथ टेगोरको सालिगमा फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा मेयर गौतम देवले भने, सरकारबाट अनुमति पाएकोले चाँडै नै महात्मा गाँधी मोड़को शाखामा रवीन्द्रनाथको पूर्ण सालिग निर्माण गरिनेछ। सालिग निर्माणको काम कोलकाताका प्रसिद्ध मूर्तिकारद्वारा गराइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *