सिलगढी नगरनिगमको तर्फबाट सफाई कर्मचारीहरूलाई मास्क तथा रेनकोर्ट वितरण

सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट प्रत्येक वार्डका सफाई कर्मचारीहरूलाई मास्क तथा रेनकोट वितरण गरियो। सिलगढी नगरनिगमका प्रशासक गौतम देव, प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार, आलोक चक्रवर्ती, विवेक वैद, नगरनिगमका कमिश्नर सोनाम वाङ्गी भुटियाले सफाई कर्मचारीहरूलाई मास्क तथा रेनकोट प्रदान गरे। सफाई कर्मचारीहरूको सुरक्षालाई ध्यानमा आज लगभग 2 हजार 260 जना कर्मचारीहरूलाई सुरक्षा सामग्री प्रदान गरेको बताइएको छ। यस अवसरमा गौतम देवले प्रत्येक वार्डका सुरक्षा कर्मचारीहरूले सुरक्षाको साथमा सफाई कार्य गर्न सकोस् भन्ने उद्देश्य लिएर वर्षमा दुईपल्ट तिनीहरूको स्वास्थ्य परीक्षा गरिनेछ। यदि कुनै स्वास्थ्य कर्मचारी अस्वस्थ्य भएको खण्डमा तिनीहरूको स्वास्थ्य साथी कार्ड छ अथवा छैन भन्नेबारे जाँच गरेर सिलगढी नगरनिगमले चिकित्साको सम्पूर्ण जिम्मेवारी लिइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *