सिलगढी नगरनिगमको तर्फबाट सफाई कर्मचारीहरूलाई सुरक्षा सामग्री प्रदान

सिलगढी सिलगढी नगरनिगमको तर्फबाट सफाई कर्मचारीहरूलाई सुरक्षा सामग्री प्रदान गरियो। सिलगढीको बाघाजतीन पार्कको रवीन्द्र मञ्चमा नगरनिगमको पीडब्ल्युडी विभागका लगभग 70 जना सफाई कर्मचारीहरूलाई नगरनिगमका प्रशासक गौतम देवले रेनकोट, मास्क र साबुन प्रदान गरे। यस अवसरमा गौतम देवले द्वारे सरकार अर्थात् दैलोमा सरकार कार्यक्रम फेरि शुरू गरिने भएको बताए। यस कार्यक्रममार्फत् नगरनिगमका अस्थायी कर्मचारीहरूलाई स्वास्थ्य साथी कार्डको व्यवस्था गरिने साथै स्थायी कर्मचारीहरूलाई नगरनिगमको तर्फबाट दुई लाख रुपियाँको स्वास्थ्य बीमा गरिदिने तिनले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *