सिलगढी नगरनिगम-ले भत्कायो अवैध निर्माण

सिलगढी : सिलगढी नगरनिगमले आज अवैध निर्माणविरुद्ध अभियान चलायो। उक्त अभियान अवधि सिलगढी नगरनिगमले यहाँको 25 नम्बर वार्डको एसएफ रोड संलग्न इलाकामा एउटा अवैध निर्माणलाई भत्काइदिएको बताइएको छ।   हालैमा सिलगढी नगरनिगमले 25 नम्बर वार्डको एसएफ रोड संलग्न इलाकामा एउटा अवैध निर्माण भइरहेको अभियोग पाएपछि नगरनिमगले उक्त भवनको मालिकलाई नोटिस पठाएको थियो। नगरनिगमले धेरैपल्ट नोटिस पठाए तापनि कुनै फाइदा नभएर अन्ततः आज नगरनिगमले उक्त अवैध निर्माण भत्काइदिएको बताइएको छ। नगरनिगमका अधिकारी किंगशुक रायले बताएअनुसार नगरनिगमले अवैध निर्माणहरूको एउटा सूची तयार गरेको छ।  एक-एक गरेर नगरनिगम क्षेत्रको सबै अवैध निर्माणहरू भत्काइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *