सिलगढ़ी नगर निगममा पार्क अनि पेयजल प्रकल्पको शिलान्यास

सिलगढ़ी: सिलगढी नगरनिगम चुनाउको ठीक अघि मेयर अशोक भट्टाचार्यले आज यहाँको 28 नम्बर वार्डमा पेयजल प्रकल्प अनि 29 नम्बर वार्डमा नानीहरूका लागि बनाइने एउटा पार्कको विधिवत् शिलान्यास गरे। यस अवधि पार्षद शर्मीला दास, मेयर पार्षद शरदिन्दु चक्रवर्ती, उद्यान दफ्तर मेयर परिषद कमल अग्रवाल आदि उपस्थित थिए। यस अवसरमा अशोक भट्टाचार्यले बताए अनुसार दीर्घ दिनदेखि स्थानीय मानिसहरूले तिनीहरूका नानीहरू खेल्नको लागि एउटा पार्कको माग गरिरहेकोले गर्दा नै इण्डोर स्टेडियम नजिक नगरनिगमको जमीनमा एउटा पार्क निर्माण गरिने भएको हो। आउँदो एक वर्षको अवधिमा उक्त पार्कको निर्माण कार्य समाप्त गरिने छ। यसको साथै टिकियापाड़ा 28 नम्बर वार्डको प्रत्येक घर-घरमा शुद्ध पेयजल पुऱ्याउने उद्देश्य लिएर उक्त पेयजल प्रकल्पको शिलान्यास गरिएको मेयर भट्टाचार्यले जानकारी गराए। उक्त प्रकल्पले इलाका पिउने पानीको समस्या समाधान हुने लख काटिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *