सिलगढी नगरनिगममा अब दलाल राज स्वीकार गरिने छैन : गौतम देव

सिलगढी : सिलगढी नगरनिगमका भावी मेयर गौतम देवले सहरमा अब दलाल राज तथा सेन्डीकेट राज नचल्ने चेताउनी दिएका छन्। गौतम देवले आज सिलगढी नगरनिगमको मेयर पदको लागि नामाङ्कन पत्र बुझाएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै भने, सिलगढी नगरनिगममा अबदेखि कुनै दलाल राज चल्ने छैन साथै टेन्डरमा पनि कुनै सेन्डिकेट राज नचल्ने भन्दै तिनले यदि कसैले यसो गरेको भेट्टाइएको खण्डमा तिनीहरूलाई जेलमा पठाइने कठोर चेताउनी दिएका छन्। यसको साथै तिनले सहरमा भइरहेको अवैध निर्माण कार्यलाई लिएर पनि कठोर चेताउनी दिएका छन्। अवैध निर्माणलाई लिएर हाल सहरमा मध्यवर्गीय तथा साधारण मध्यम वर्गीय विरुद्ध मात्र कार्वाही गरेको तर ठुल्ठुला व्यवसायिक भवनहरूविरुद्ध कुनै कार्वाही नभएकोले अब तिनीहरूविरुद्ध सबैभन्दा पहिला कार्वाही गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *