सिलगढी नगरनिगममा डेपुटी मेयर तथा मेयर परिषदका सदस्यहरूले गरे शपथ ग्रहण

सिलगढी : सिलगढी नगरनिगममा डेपुटी मेयर तथा मेयर परिषद्का सदस्यहरूले आज शपथ ग्रहण गरे। सिलगढी नगरनिगमका कमिश्नर र चेयरम्यानको उपस्थितिमा डेपुटी मेयर तथा मेयर परिषद्का सदस्यहरूलाई मेयर गौतम देवले आज शपथ ग्रहण गराए। सबैभन्दा पहिला डेपुटी मेयर रञ्जन सरकारले शपथ ग्रहण गरे। यसपछि मेयर परिषदका 9 जना सदस्यहरू राम भजन महतो, मानिक दे, श्रावणी दत्त, शिक्ता दे बसुराय, कमल अग्रवाल, दिलीप बर्मन, शोभा सुब्बा, राजेश प्रसाद साह र दुलाल दत्तले शपथ ग्रहण गरे। यस अवसरमा गौतम देवले भने, आज डेपुटी मेयर तथा मेयर परिषदका सदस्यहरूले शपथ ग्रहण गरे। हामी सबैजना मिलेर सिलगढीको विकासको लागि काम गर्नेछौँ। विरोधीहरूलाई पनि सम्मान दिँदै सबैसित मिलेर सिलगढी सहरको विकासको लागि काम गर्ने साथै चाँडै बोरो चेयरम्यानहरूलाई तिनीहरूको दायित्व सुम्पिइने देवले बताए। अर्कोतिर, शपथ ग्रहण गरेपछि डेपुटी मेयर रञ्जन सरकारले भने, गत वाम बोर्डले सिलगढी सहरको विकास गर्न असमर्थ रहेकोले गर्दा नै सहरवासीले यसपल्ट तृणमूललाई समर्थन गरेको हो। मुख्यमन्त्री ममता ब्यानर्जीको सपना पुरा गर्न सिलगढी सहरलाई नयाँ रूपमा सजाइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *