सिलगढी नगरनिगममा नयाँ दुईवटा सेसपुल वाहनको उद्घाटन

सिलगढी : सिलगढी नगरनिगममा नयाँ दुईवटा सेसपुल वाहनको मेयर गौतम देवले आज उद्घाटन गरे। प्राप्त जानकारीअनुसार नगरनिगमको तर्फबाट 2 वटा नयाँ सेसपुल वाहनको आज उद्घाटन गरेपछि सहरका मानिसहरूलाई यसले निक्कै सहयोग पुग्ने बताइएको छ। सेसपुल वाहनको लागि आवेदन गरे तापनि यसको परिसेवा पाउनको लागि प्रायः केही महिना लाग्ने गरेको सहरवासीको आरोप रहेकोले नगरनिगमको नयाँ बोर्ड गठन भएपछि नयाँ दुईवटा सेसपुल वाहन जनताको निम्ति ल्याउने निर्णय लिएको थियो। यहीँ निर्णय अनुसार आज सिलगढी नगरनिगममा नयाँ दुईवटा सेसपुल वाहन ल्याएपछि यसको मेयर गौतम देवले आज उद्घाटन गरे। लगभग 42 लाख रुपियाँको लागतमा उक्त दुईवटा नयाँ वाहन सहरको मानिसहरूको लागि ल्याइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *