सिलगढी नगरनिगम मेयरको वार्डमा रातको समय सीपीएम-द्वारा पोस्टरिङ

सिलगढी : सीपीएम-को तर्फबाट सिलगढी नगरनिगमको 33 नम्बर वार्डमा गत राति पोस्टरहरू टाँसिएको बताइएको छ। ती पोस्टरहरूमा मेयरको वार्डलाई नै विकासले छोएको छैन, सर्वसाधारण वञ्चित छन्। परिसेवा पाएको छैन। काउन्सिलर वार्ड इलाकामा देखापरेको छैन किन? आदि जस्ता प्रश्नहरू उल्लेख गरिएको छ। उक्त पोस्टरलाई लिएर शासकदल तथा विरोधीहरूमाझ तर्क-वितर्क शुरू भएको छ। सिलगढी सहरमा पिउने पानीको समस्या रहेकोले सहरवासीहरू समस्यामा परेका छन्। गत राति विविध मागलाई लिएर सीपीएम-ले सिलगढी नगरनिगमको 33 नम्बर वार्डमा पोस्टर टाँसेको थियो। तर आज बिहानै ती पोस्टरहरू हटाइएकोले गर्दा कसैले ती पोस्टरहरू हटाइदिएको हो भन्दै सीपीएम-ले आरोप लगाएको छ। यस सम्बन्धमा वार्डका पूर्व काउन्सिलर असिम साहाले भने, सिलगढी नगरनिगमको 33 नम्बर वार्डका काउन्सिलर गौतम देव हुन्। तिनी नगरनिगमको मेयर पदमा रहे तापनि तिनको वार्डलाई विकासले छोएको छैन। साधारण मानिसहरू विभिन्न परिसेवाबाट वञ्चित छन्। वार्डमा धेरै समस्या रहेको छ। काउन्सिलरलाई वार्डमा देखिँदैन। यसैले गर्दा नै उक्त पोस्टरहरू टाँसिएको हो। अर्कोतिर, उक्त पोस्टरको सन्दर्भमा मेयर गौतम देवले भने, मानिसहरूसित मेरो सम्पर्क रहेको छ। म आफ्नो कर्तव्य र जिम्मेवारीप्रति धेरै सचेत छु। विरोधीले के सोच्छ मलाई कुनै मतलब छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *