सिलगढी नगरनिगम र बैकुण्ठपुर वन विभागको पहलमा वन महोत्सव पालन

सिलगढी : सिलगढी नगरनिगम र बैकुण्ठपुर वन विभागको पहलमा आज वन महोत्सव पालन गरियो। सिलगढीको बाघाजतीन पार्कमा औपचारिक रूपमा वन सप्ताहको शुभारम्भ गरियो। कार्यक्रममा नगरनिगमका डेपुटी मेयर रञ्जन सरकार लगायत वन विभागका अधिकारी एवम् समाजसेवी संगठनका सदस्यहरू उपस्थित थिए। यस अवसरमा रञ्जन सरकारले भने, हाल जलवायुमा परिवर्तन भइरहेकोले अत्याधिक गरम बढेको छ। यसैले धेरै संख्यामा रुखको विरुवाहरू रोप्नु पर्ने साथै प्लास्टिकको क्यारी ब्याग र थर्मकलको प्रयोग बन्द गर्नुपर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.