सिलगढी नर्थ बेङ्गल वार्ड फेस्टिभल भोलि 15 मार्चदेखि शुरू

सिलगढी : सिलगढीमा नर्थ बेङ्गल वार्ड फेस्टिभलको आयोजना गरिने भएको छ।  एसोसिएसन फर कनजरभेसन एन्ड डुरिजमको तर्फबाट राज्य पर्यटन विभाग तथा विभिन्न संगठनको सहयोगितामा उक्त फेस्टिभलको आयोजना गरिने भएको छ। सिलगढीको मतिगढास्थित एउटा गैर सरकारी सपिङ मलमा भोलि मंगलबार 15 मार्चदेखि आगामी 20 मार्चसम्म उक्त फेस्टिभलको आयोजना गरिनेछ। आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर वार्ड फेस्टिभलको थिम पोस्टर सार्वजनिक गरियो। एसोसिएसन फर कनजरभेसन एन्ड टुरिजमको संयोजक राज बसुले बताएअनुसार संरक्षण तथा पर्यटन संघका संयोजक राज बसुले चराचुरुङ्गीलाई केन्द्र गरेर उत्तरको पर्यटन उद्योगले अर्को आयाम प्राप्त गरिरहेको छ। यसैले यहाँका विभिन्न प्रजातिका चराचुरुङ्गीको संरक्षण गर्न आवश्यक रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *