सिलगढी नौकाघाटको एउटा बहुतले भवनमा आगलागी

सिलगढी सिलगढीको नौकाघाटको एउटा बहुतले भवनमा आज दिउँसो आगलागी भएको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो स्थानीय मानिसहरूले उक्त बहुतले भवनबाट धुवाँ निस्केको देखेपछि यसबारे दमकल विभागलाई खबर दिए। घटनाको खबर पाएर दमकलको 4 वटा इञ्जिन घटनास्थलमा पुगेर घण्टौँसम्मको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियतन्त्रणमा ल्याए। स्थानीय सूत्रअनुसार उक्त बहुतले भवनमा केही दोकानहरू लगायत यसको सबैभन्दा माथिल्लो तल्लामा पोल्ट्री फार्मको कार्यालय रहेको छ। पोल्ट्री फार्मको कार्यालयमा कुखुराको चारो राखिएको थियो भने उक्त फार्ममा आगो लागेपछि केही समयमै आगोले भयावह रूप धारण गरेको बताइएको छ। तथापि दमकल कर्मीहरूले गरेको लगातार प्रयासपछि उक्त आगो बहुतले भवनबाहेक अन्यत्र फैलन नपाएपछि कुनै प्रकारको ठुलो घटना हुनबाट जोगियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *