सिलगढी पुलिस कमिश्नरेट अन्तर्गत पर्ने थानाका अधिकारीहरू लगायत अन्य फेरबदल

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित सिलगढीका पुलिस कमिश्नर गौरव शर्माको गत दुई दिनअघि भीडियो कन्फरेन्सको माध्यमद्वारा भएको एउटा बैठकमा सिलगढीमा बलुवा चोरी रोक्ने विषयमा तिनलाई कठोर निर्देश दिएकी थिइन्। उक्त निर्देशपछि सिलगढी मेट्रोपलिटन पुलिसले कार्य शुरू गर्नको साथै सिलगढी पुलिस कमिश्नरेटका पुलिस थानाहरूका केही अधिकारीहरू लगायत अन्यलाई केही फेरबदल गरेको छ। कमिश्नरेट अन्तर्गत 6 वटा थानाको 34 जना पुलिस कर्मीलाई स्थानन्तरण गरिदिएको छ। प्राप्त जानकारीअनुसार भक्तिनगर, प्रधाननगर, एनजेपी, मतिगढा र बाघडुग्रा थानाको मोठ 8 जना कन्स्टेबललाई स्थानन्तरण गरिदिएको छ। सिलगढी मेट्रोपलिटन पुलिसको मनिटरिङ सेलबाट 1 जना र पुलिस लाइनमा कार्यरत 9 जनालाई स्थानान्तरण गरिदिएको छ। अर्कोतिर, प्रधाननगर, सिलगढी, भक्तिनगर, एनजेपी, बाघडुग्रा र मतिगढा थानाका एसआई र्‍याङ्कका 8 जना पुलिसकर्मी, एएसआई र्‍याङ्कका 7 जना पुलिसकर्मीलाई पनि स्थानान्तरण गरिदिएको छ। यसैगरी, कन्सटेबल, एसआई, एएसआई र मनिटरिङ सेल मिलाएर मोठ 34 जना पुलिसकर्मीलाई स्थानन्तरण गरिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *