सिलगढी पुलिस कमिश्नरद्वारा मतिगढा बेली ब्रिजको निर्माण कार्यको निरीक्षण, ट्राइल रनपछि वाहनहरूको चलाचल शुरू गरिने

सिलगढी : सिलगढी पुलिस कमिश्नर गौरव शर्मा, ट्राफिक डीसीपी अभिषेक गुप्ता, महकुमा शासक लगायत अन्य शीर्ष अधिकारीहरूले आज मतिगढाको बालासनमा निर्माण भइरहेको बेली ब्रिजको निरीक्षण गरे। यस अवधि पुलिस कमिश्नरले ब्रिजको निर्माण गरिरहेका पीडब्ल्युडी अधिकारीहरूसित पुलको निर्माण कार्यबारे विस्तृत रूपमा चर्चा परिचर्चा गरे। प्राप्त जानकारी अनुसार बेली ब्रिजमा वाहनहरूको चलाचल शुरू गर्न अघि प्रशासनले बेली ब्रिजको मजबुत तथा सुरक्षा सुनिश्चित गर्नको लागि ट्राइल रन गर्ने योजना बनाएको छ। स्मरण रहोस्, गत 20 अक्टोबरको 2 दिन अधिक वर्षाले गर्दा बालासन ब्रिजको तीन नम्बर पिलर जमीनमुनि धस्किएर ब्रिज जोखिमपूर्ण बनेकोले प्रशासनले उक्त ब्रिज भएर वाहनहरूको चलाचल बन्द गरिदिएको छ। हाल त्यहाँ बेली ब्रिजको निर्माण कार्य लगभग समाप्त हुन लागेको छ। आगामी 1 दिसम्बरदेखि बेली ब्रिज साधारण मानिसहरूको लागि खोलिइने भएको छ भने 15 दिसम्बरसम्म वेदर ब्रिज पनि पूर्ण रूपले तयार हुने बताइएको छ। आज निर्माणाधीन अवस्थामा रहेको बेली ब्रिजको सिलगढी पुलिस कमिश्नर गौरव शर्माले निरीक्षण गर्नको साथै पीडब्ल्युडी अधिकारीहरूसित ट्राफिक व्यवस्थालाई लिएर धेरै समयसम्म चर्चा गरे। अर्कोतिर, पीडब्ल्युडी इञ्जीनियर राजेश कुमार सिन्हाले बताएअनुसार ब्रिजको निर्माण तथा तयारीलाई लिएर पुलिस कमिश्नर लगायत अन्य अधिकारीहरूसित कुराकानी गरे। हालसम्म उक्त ब्रिजको निर्माण कार्य लगभग 90 प्रतिशत पुरा भइसकेको छ भने भोलिसम्म ब्रिजको निर्माण कार्य पुरा हुने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *