सिलगढी पुलिस कमिश्नरेट-द्वारा मनाइयो गणतन्त्र दिवस

सिलगढी : सिलगढी पुलिस कमिश्नरेटमा 72औँ गणतन्त्र दिवस पालन गरियो। यस अवसरमा सिलगढी पुलिस कमिश्नर डीपी सिंहले राष्ट्रिय झण्डा उत्तोलन गरे। गणतन्त्र दिवसको अवसरमा सिलगढी मेट्रोपलिटन पुलिसद्वारा केही ट्याबलो निकाल्नकोसाथै परेडको पनि आयोजना गरियो। राष्ट्रिय झण्डा उत्तोलन गरेपछि पुलिस कमिश्नरले हुड नभएको जीपमा सवार भएर परेड ग्राउन्डको भ्रमण गरे।


यस अवसरमा सिलगढी मेट्रोपोलिटन पुलिसका डिप्टी कमिश्नर लगायत डीसीपी, एसीपी र्‍याङ्कका पुलिस अधिकारीहरू उपस्थित थिए। पुलिसकर्मीहरू लगायत स्थानीय मानिसहरू पनि गणतन्त्र दिवस कार्यक्रम हेर्नको लागि एकत्रित भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *