सिलगढी पुलिस कमिश्नरेटको तर्फबाट बाघिनी 2 प्रशिक्षण कार्यशाला शुरू

सिलगढी : सिलगढी सहरका 100 जना छात्रा, युवती तथा महिलाहरूलाई लिएर पुलिस कमिश्नरेटको मैदानमा आजदेखि 4 दिनको बाघिनी 2-को प्रशिक्षण कार्यशाला शुरू भएको छ। आज 8 मार्च अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सिलगढी पुलिस कमिश्नर गौरव शर्माले बाघिनी 2-को उद्घाटन गरे। यस अवसरमा तिनले भने, प्रत्येक महिलाहरूलाई साहसी तथा तिनीहरूको मनोबल बढाउने उद्देश्य लिएर उक्त पहल गरिएको हो। उक्त 4 दिने प्रशिक्षण शिविरको माध्यमद्वारा महिलाहरूलाई सेल्फ डिफेन्स लगायत अन्य विविध विषयमा प्रशिक्षण गराइने तिनले बताए। यसभन्दा अघि पनि 100 जना महिलाहरूलाई प्रशिक्षण गराइएको थियो। बाघिनीको माध्यमद्वारा महिलाहरूलाई सेल्फ डिफेन्स, योगा लगायत विभिन्न कानुन तथा साइबर क्राइमबाट कसरी बाँच्न सकिन्छ भन्ने विषयमा जागरूक गराइन्छ। यसबाहेक समाजका प्रतिष्ठित महिलाहरूले ती प्रशिक्षार्थीहरूलाई विभिन्न थाना घुमाएर देखाउनको साथै तिनीहरूको मनोबल बढाउने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *