सिलगढी पोस्ट अफिसमा झण्डा किन्न जाँदा कर्मचारीको दुर्व्यवहारको सामना गर्नपर्यो विधायक शङ्कर घोषले

सिलगढी : पोस्ट अफिसमा झण्डा किन्न गएका सिलगढीका विधायक शंकर घोषले पोस्ट अफिसका एकजना कर्मचारीको दुर्व्यवहारको सामना गर्न पर्यो। आजादीको अमृत महोत्सवको लागि आज विधायक शङ्कर घोष पार्टीका नेताहरूसित झण्डा किन्नको लागि सिलगढी हेड पोस्ट अफिसमा गएका थिए। त्यस समय पोस्ट अफिसको काउन्टरमा रहेका एकजना कर्मचारीले तिनीसित दुर्व्यवहार गरेको आरोप रहेको छ। उक्त कर्मचारीले हाल झण्डा दिन नसक्ने बताए। कुनै कारण बिनै कर्मचारीले झण्डा दिन अस्वीकार गरेपछि विवाद शुरू भएपछि अन्य एकजना कर्मचारी काउन्टरमा आए अनि सबैले झण्डा किनेको बताइएको छ। घटनाबारे निर्दिष्ट विभागमा अभियोग गर्नको साथै सांसदलाई पनि यस मामिलाबारे जानकारी गराउने विधायक शङ्कर घोषले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *