सिलगढी प्रधाननगर पोस्ट अफिसमा पार्सल विस्फोट, एकजना पुलिस हिरासतमा

सिलगढी : सिलगढी चम्पासरीस्थित प्रधाननगर पोस्ट अफिसमा भएको पार्सल विस्फोट मामिलामा पुलिसले एकजना व्यक्तिलाई हिरासतमा लिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त पार्सलमा केही विस्फोटक पदार्थसहित बारुद भेट्टाइएको छ। पोस्ट अफिस कर्तृपक्षको अभियोगको आधारमा पुलिसले एकजना व्यक्तिलाई हिरासतमा लिएको छ। पोस्टमार्टर अर्चना दे-ले बताएअनुसार उक्त पार्सल अमृतसरबाट आएको साथै उक्त पार्सल अफिसमा राखेको समय अचानक विस्फोट भएको हो। यसपछि जसको नाममा उक्त पार्सल आएको थियो तिनलाई पोस्ट अफिसमा बोलाइयो। घटनाको खबर पाएर डिटेक्टिभ डिपार्टमेन्ट र सीआईडीको बम स्क्वाड टीम घटनास्थलमा पुगेको थियो। उक्त विस्फोटक पदार्थ कसरी अमृतसरबाट सिलगढीको डाकघरमा पठाइयो भन्नेबारे पोस्ट अफिसका अधिकारीहरूले प्रश्न चिन्ह खडा गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.