सिलगढी प्रधाननगर पोस्ट अफिसमा पार्सल विस्फोट

सिलगढी : सिलगढीको चम्पासारी संलग्न प्रधाननगर पोस्ट अफिसमा आज दिउँसो एउटा पार्सल विस्फोट भएको घटना प्रकाशमा आएको छ। घटनाको खबर पाएर प्रधाननगर पुलिससिलगढी पुलिस कमिश्नरेटका उच्च अधिकारी लगायत डग स्क्वायड टोली घटनास्थलमा पुगे। त्यसपछि त्यहाँ भएका सबै पार्सलहरूलाई मेटल डिटेक्टरको माध्यमद्वारा जाँच गरियो।


पोस्ट अफिस सूत्रअनुसार कार्यालयभित्र राखिएको कुनै एउटा पार्सल अचानक विस्फोट भए तापनि कसैको ज्यानलाई कुनै क्षति नभएको बताइएको छ। तथापि, उक्त पार्सलमा के थियो भन्नेबारे हालसम्म थाहा लागेको छैन। सिलगढी पुलिस कमिश्नरेटका डीसीपी (वेस्ट) कुंवर भूषण सिंहले बताएअनुसार उक्त पार्सल अमृतसरबाट आएको साथै पार्सल लिन आउने व्यक्तिलाई पुलिसले हिरासतमा लिएर सोधखोज गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *