सिलगढी प्रधान नगर इलाकामा जलधारा परियोजना शुरू

सिलगढी: सिलगढी सहरमा अधिकजसो समय पिउने पानीको समस्या देखा पर्ने गर्दछ। विशेष गरेर गर्मीको समयमा मानिसहरूलाई शुद्ध पिउने पानीको समस्या हुँदछ। यसैले ती मानिसहरूको समस्यालाई समाधान गर्नको लागि रोटरी क्लब अफ् सिलगढीले पहल शुरू गरेको छ। प्रधान नगर ईलाका अन्तर्गत रोटरी क्लब परिसरमा पिउने पानीको समस्या समाधान गर्ने उद्देश्य लिएर जलधारा परियोजनाको शुरूवात गरेको छ। यस परियोजना अन्तर्गत साधरण मानिसहरूले अब नि:शुल्क रूपमा शुद्ध अनि ठण्डा पानी प्राप्त गर्न सक्ने छन्। रोटरी क्लब अफ् सिलगढीको पहलमा अनि रोटरी डिस्ट्रिक्ट 3240 फाउन्डेशनको सहयोगमा शुद्ध अनि ठण्डा पिउने पानीको लागि आज जलधारा परियोजनाको विधिवत् रूपमा उद्घाटन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *