सिलगढी प्रकाश नगरको महानन्दा नदी किनारमा शमशान घाट बनाउने योजनाको जनताद्वारा विरोध

सिलगढी : सिलगढी नगर निगमको 42 नम्बर वार्ड प्रकाश नगर ईलाका संलग्न महानन्दा नदी किनारमा शवदाह गृह (शमशान घाट) बनाउने कार्य शुरू हुन अगावै स्थानीय मानिसहरूले यसको विरोधमा आवाज उठाउन शुरू गरेका छन्। सिलगढी नगर निगमद्वारा यहाँ महानन्दा नदी किनारमा शमशान घाट बनाउने परिकल्पना रहेकोले गर्दा नगर निगमका प्रशासक चेयरम्यान गौतम देव लगायत तिनका टोलीका सदस्यहरूले हिजो उक्त घटनास्थलको परिभ्रमण गरेका थिए। तथापि काम शुरू हुन अगावै प्रकाश नगर इलाकाको स्थानीय मानिसहरूले शमशान घाट बनाउने कुरा थाहा पाएपछि असन्तुष्ट व्यक्त गरेका छन्। नगर निगमका प्रशासनिक अधिकारीहरूले परिदर्शन गरेको ठाउँमा नै स्थानीय मानिसहरू भेला भएर यसको विरोध जनाउँदै कुनै पनि स्थितिमा महानन्दको किनारमा शमशान घाट बनाउन नदिनेबारे तिनीहरूले स्पष्ट अडान पोखेका छन्। यदि नगरनिगमले जबर्जस्ती शमशान घाट बनाएको खण्डमा यसको विरूद्ध हाई कोर्टसम्मको दैलो ढकढकाउने गाउँलेहरूले कठोर चेतावनी दिएका छन्। यसको साथै आवश्यक परेमा पथ अवरोध गरेर वृहत आन्दोलन गर्ने तिनीहरूको भनाई रहेको छ। स्मरण रहोस, सिलगढी शहर संलग्न ईलाकामा हालसम्म मोठ तीनवटा शमशाम घाट छ भने तीमध्ये राम घाट शमशान घाटमा दाउरा साथै गोबरले शवहरूको अन्तिम संस्कार गर्ने गरिन्छ। यसैगरी, साहुडांगीको बैतरणी शमशान घाटमा हाल कोरोनाले मर्नेहरूको लागि मात्र अन्तिम संस्कार गरिँदैछ। तर अहिले सिलगढीमा पनि दिनहुँ कोरोनाले मर्नेहरूको संख्या बढ्दै गइरहेकोले साहुडांगीको शमशान घाट माथिको दबाउ कम्ती गर्नको लागि नगर निगम प्रशासक मण्डलीले किरण चन्द्र शमशान घाटमा कोरोनाले मर्नेहरूको लागि अन्तिम संस्कार गरिँदैछ। तथापि कोरोनाले मर्नेहरूको संख्या भविष्यमा अझ बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर नै अन्य शमशानघाटमा अधिक दबाउ नपरोस् भन्ने उद्देश्यले सिलगढी नगर निगमद्वारा 42 नम्बर वार्ड प्रकाश नगर ईलाका संलग्न महानन्दा नदी किनारमा अझ एउटा शमशान घाट बनाउने परियोजना रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *