सिलगढी प्राथमिक शिक्षा संसदका चेयरम्यान दिलीप कुमार रायद्वारा सिलगढीको विभिन्न परीक्षा केन्द्रको निरीक्षण

सिलगढी : प्राथमिक टेट परीक्षा आज 12 बजीदेखि शुरू भयो। सिलगढी प्राथमिक शिक्षा संसदका चेयरम्यान दिलीप कुमार राय आज बिहानैदेखि कार्यालयमा बसेर फोन मार्फत् विभिन्न परीक्षा केन्द्रहरूको खोज खबर लिइरहेका थिए। यसपछि परीक्षा शुरू हुने बित्तिकै तिनले प्रत्येक परीक्षा केन्द्रहरूको निरीक्षण गरे। निरीक्षणपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले भने, टेट परीक्षा शान्तिपूर्ण ढङ्गमा सम्पन्न भइरहेको छ। कुनै पनि परीक्षा केन्द्रबाट कुनै अशान्तिको खबर हालसम्म आएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.