सिलगढी प्राइमेरी काउन्सिललाई ज्ञापन

सिलगढी : वेस्ट बेङ्गल तृणमूल प्राइमेरी टिचर्स काउन्सिल एसोसिएसनको तर्फबाट विभिन्न माग लिएर सिलगढी प्राइमेरी काउन्सिल अफिसमा ज्ञापन पत्र चढाइयो। उक्त ज्ञापन पत्रमा प्रधान शिक्षकको नियुक्ति, सीसीएलको सुविधा, प्रभिडेन्ट फन्डको सुविधालगायत विविध मागहरू उल्लेख गरिएको छ। ज्ञापन चढाउने प्रतिनिधि टोलीमा आज डब्ल्युबीपीटीटीएका अध्यक्ष विभास चक्रवर्ती, पश्चिम बंगाल तृणमूल प्राइमेरी टिचर्स काउन्सिल एसोसिएशनका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *