सिलगढी रवीन्द्र संघ क्लबको खुट्टी पुजा सम्पन्न

सिलगढी : दुर्गा पुजा आउन अब केवल 21 दिन मात्र बाकी रहेको छ। सिलगढी रवीन्द्र संघले प्रत्येक वर्ष आकर्षक पुजा पण्डाल बनाउने गरे तापनि यस वर्ष कोरोनाले गर्दा साधारण रूपमा दुर्गा पुजा मनाउने निर्णय लिएको छ। सिलगढी रवीन्द्र संघको यस वर्ष 68औँ दुर्गा पुजा हो। आज खुट्टी पुजापछि क्लबको दुर्गा पुजाको तयारी शुरू गरेको छ। क्लबका सचिव श्यामल नन्दी र अध्यक्ष तपन दत्तले कोरोना महामारीलाई ध्यानमा राखेर सरकारद्वारा जारी सबै नियमहरूको पालन गर्दै दुर्गा पुजाको आयोजना गरिने साथै क्लबको तर्फबाट पुजा अवधि विभिन्न सामाजिक कार्यहरू गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *