सिलगढी रवीन्द्रनगर हत्याकाण्ड : सोधखोजको लागि 2 जना पुलिस हिरासतमा

सिलगढी : सिलगढीको रवीन्द्रनगरमा भएको हत्याकाण्ड मामिलामा पुलिसको छानबीन जारी रहेको छ। गत 30 नोभेम्बरको दिन निरञ्जननगर निवासी सुशील दासको रवीन्द्रनगर बेसिक स्कुल नजिक एउटा घर अघि रक्ताम्मे अवस्था शव उद्धार भएको थियो। पोस्टमार्टम रिपोर्टमा तिनको टाउकोमा कुनै गह्रौँ वस्तुले प्रहार गरेको पुष्टि भएको छ। जुन घर अघि तिनको शव भेट्टाइयो त्यहीँ घरभित्र तिनको ब्याग फेला परेपछि उक्त ब्याग कसरी घरभित्र भेट्टाइयो भन्ने विषयबारे जाँचमा जुटेकाहरूलाई सन्देह लागेपछि उक्त घरका सदस्यहरूलाई सोधखोज गर्दा यसबारे तिनीहरूलाई केही थाहा नभएको बताइएको छ। यसैले आज दिउँसो पुलिसले उक्त घरका 2 जना सदस्यलाई यसबारे सोधखोज गर्नको लागि थाना लगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *