सिलगढी रेगुलेटेड मार्केट जलमग्न, जल निकासी व्यवस्था ठिक नरहेको व्यवसायीहरूको गुनासो

सिलगढी : गत 24 घण्टादेखि लगातार परेको पानीले गर्दा काँचो पदार्थको मन्डी  सिलगढीको रेगुलेटेड मार्केट जलमग्न भएको छ। रेगुलेटेड मार्केट जलमग्न भएकोले गर्दा उक्त बाटो भएर आवत-जावत ठप्प बनेको छ भने मण्डीको सबै दोकानहरूमा पानी पसेकोले गर्दा दोकानको समानहरू भिजेर नष्ट भएको बताइएको छ। उक्त मार्केटमा आवत-जावत गर्नको लागि श्रमिक तथा व्यवसायीहरूले प्लास्टिकको बोललाई नौकाको रूपमा प्रयोग गरिरहेका छन्। उक्त मार्केटका व्यवसायीहरूले लगाएको आरोपअनुसार त्यहाँ जल निकासी व्यवस्था राम्रो नभएको साथै यहाँको नालीहरूको साफ सफाई नियमित रूपमा नगर्ने गरेको गर्दा नै वर्षाको समयमा पानी जम्ने गर्दछ।


रेगुलेटेड मार्केट जलमग्न भएकोले यहाँ काम गर्ने श्रमिकहरूलाई निक्कै असुविधा भइरहेको छ। लगातार परेको पानीले गर्दा मार्केट जलमग्न हुनको साथै श्रमिकहरूको घरमा पानी पसेपछि रातभरि जागै बस्न बाध्य बनेका छन्। मार्केटमा फोहोर मैला थुप्रिनुको साथै जलमग्न भएकोले गर्दा श्रमिकहरूले मैला पानीमा काम गर्न अस्वीकार गरेको बताइएको छ। मैला पानीमा काम गर्दा विभिन्न रोगहरू लाग्न सक्ने सम्भावना रहेको तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *