सिलगढी रेगुलेटेड मार्केटको माछा गद्दी मालिक एवम् मजदुरहरू एक दिनको लागि बन्दको समर्थनमा

सिलगढी : केन्द्रीय ट्रेड युनियनले बोलाएको दुई दिने बन्दको आज पहिलो दिन सिलगढी सहरमा कुनै प्रभाव परेन। प्रतिदिन झैँ आज पनि सिलगढीमा वाहनहरूको आवत-जावत, सबै दोकानपाटहरू खुल्लै रहेको देखियो। तथापि, सिलगढी रेगुलेटेड मार्केटको माछा गद्दीको सबै दोकानहरू बन्द रहेको थियो। केन्द्रीय ट्रेड युनियनले डाकेको बन्दलाई आज एक दिनको लागि मात्र माछा गद्दीका मजदुरहरूले समर्थन गरेको बताइएको छ। यसैले आज बिहानैदेखि माछा गद्दी सुनसान देखियो।


रेगुलेटेड मार्केटको माछा गद्दी होलसेल मार्केट एसोसिएशनका जेनरल सेक्रेटरी बाप्पी चौधरीले बताएअनुसार यो मार्केट मजदुरहरूद्वारा चलाइने गरिन्छ भने यहाँका मजदुरहरूले सीआईटीयुलाई समर्थन गर्दछन्। यसैले केन्द्रीय ट्रेड युनियन र सीआईटीयुको दुई दिने बन्दको आह्वानलाई यहाँका मजदुरहरूले तिनीहरूसित कुराकानी गरेर केवल एक दिन मात्र समर्थन गरेको छ। भोलि अर्थात् मंगलबारदेखि सिलगढी रेगुलेटेड मार्केटको माछा गद्दीको सबै दोकानहरू खुल्ला रहने भएको छ। आज बन्द राखेकोले निक्कै नोक्सान भएको बताइएको छ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *